काठमाडौं । जुम्ला अनसनबाट प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई सहमति गर्न बाध्य बनाउने वरिष्ठ चिकित्सक डा. गोबिन्द के.सी. र प्रधानमन्त्री ओली बिच आज बार्ता हुँदैछ ।
मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री निवास वालुवाटारमा बार्ता हुने भएको हो । जम्लामा अनसन सुरु भई काठमाडौबाट चिकित्सा विधेयकमा भएका सहमति कार्यन्वयनको लागि बार्ता हुने भएको हो ।
काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले साउन ९ गते राति अनशन तोडेका थिए ।
Categorized in स्वास्थ्य