१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एनसेल सेयर छानविन समितिले प्रधानमन्त्री प्रचण्डलाई बुुझाए प्रतिवेदन


प्रकाशित: सोमवार, १५ माघ २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।


सोमवार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सञ्चार तथा सुुचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितीमा समितिका संयोजक टंकमणि शर्मा दङगले प्रधनमन्त्री दाहाललाई सो प्रतिवेदन बुुझाएको हो । 


समितिले यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई बुुझाएको हो ।


‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।


पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको सो प्रकरण अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex