२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुरको नागबहालमा एक विदेशी महिला मृत फेला


प्रकाशित: सोमवार, १५ माघ २०८०, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिको नागवहालस्थित एक अपार्टमेन्टमा विदेशी महिला मृत फेला परेको छ । 


वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार महिलाको टाउकोमा चोट लागेर रगत बगेको देखिएको तथा भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा छ ।  


अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको ललितपुर प्रहरीले बताएका छन । 


घटनाबारे बृस्ततृ बुझेन फरेन्सिक टोली र तालिम प्राप्त कुकुरलाई खटानएको भएको छ । 


उनी दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी थिईन । उनले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएकी थिइन ।   

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex