काठमाडौं । आकाशे पुलमा राखेको ब्यानर लामो समयसम्म नहटाएपछि काठमाडौं महानगरले एक विज्ञापन कम्पनीलाई जरिवाना तिराएको छ ।
महानगरपालिकाले ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको भन्दै विज्ञापन गर्ने कम्पनी इनोभेटिव कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरेको हो ।
पुलमा विज्ञापनका लागि लगाएको ब्यानर राख्ने निश्चित समयमा हटाउने तथा फोहोर हुन नदिने प्रतिवद्धता विपरित देखिएपछि जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ ।
Categorized in बजार