काठमाडौं । नेपाल भाषाका चर्चित जनकलाकार भृगुराम श्रेष्ठको निधन भएको छ ।
आईतवार बेलुका ५ बजेर ४५ मिनेटमा कलाकार श्रेष्ठको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
९२ बर्षका उनी क्यान्सर रोगबाट पीडित रहेको थिए ।
२००९ सालदेखि रेडियो नेपालमा गाउन थालेँ । ‘जीवन दबू’ नामक नेपालभाषाको कार्यक्रम थियो ।
उनको नेपाल भाषाको ‘माया रे रतन, जि नं छंके माया’ गीत त्यतिबेला साह्रै हिट गीत हुन ।
Categorized in समाज