काठमाडौं । कोरोना भारइसको नयाँ सव–भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जनाएको छ ।
सोमवार मन्त्रालयले विज्ञप्ती जारी उक्त सव भेरिएन्ट पुष्टी भएको बताएको छ ।
आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो ।
नयाँ भेरियन्ट भनिएको जेएन।१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो । पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ ।
यस अघि पनि मन्त्रालयले विज्ञप्ती जारी गरी नेपालमा उक्त भेरिएन्टको जोखिम रहेको बताएको थियो ।
Categorized in स्वास्थ्य