२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्थानीय तहमा अडियो बोर्ड संचालन गर्न निर्देशन


प्रकाशित: शुक्रबार, २५ साउन २०७५, ०९ः०१ बजे
- महानगरखबर

काठमाडौं । सेवाग्राहीको सुविधाको लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ‘आडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । 


नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुने अडियो नोटिस बोर्डबाट सेवाग्राहीले स्थानीय तहका काम कारवाी, सुचना र जानकारीहरु सजिलै पाउन सक्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् । 


कर्मचारीको अवाजमा स्तानीय तहका कामकारवाही, सुचना तथा जानकारी रेकर्ड गरेर राखिएको नोटिस बोर्डको सुचना सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्नेछ । 


टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् । सो फोनामा कुनै शुल्क लाग्दैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex