काठमाडौं । नेकपा एमालले राष्ट्रिय सभा निर्वाचनका लागि १९ वटै सिटका उम्मेदवारको नाम टुंगो लगाएको छ ।
एमालेले बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ ।
अपाङ्गतातर्फ काठमाडौंका विवेक देवकोटाको नाम टुंगो लाएको हो । उनी युवा संघमा आवद्ध थिए ।
यस्तै अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल, कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन ।
दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने भएकी छिन ।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको हो ।
गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन ।
गण्डकीकै अपाङ्गता र अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने छिन । प्रदेश अध्यक्ष नवराज शर्माले बताए
कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला उम्मेदवार बन्ने भएका छन्।
लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलशा केसी उम्मेदवार बन्ने निश्चित भएको छ ।
मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई मधेस प्रदेशबाट उम्मेदवार बनाउने भएको छ ।
यता नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुंगो लगाएको छ ।
माओवादीले बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, लुम्बिनीमा अन्यमा झक्कु सुवेदीको नाम चयन भएको हो ।
त्यसैगरी,कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको छ ।
सत्ता गठबन्धन दलले गरेको सिट बाँडफाँडमा मओवादीको भागमा ६ जना परेको छ ।
नेपाली कांग्रेसले पनि अहिले सम्म नाम टंगो लगाएको छैन । नाम चयन गर्न संस्थापन पक्ष र शेखर–गगन पक्षविच कुरा नमिलेपछि नाम टंगो लगाउन ढिलाई भएको हो ।
नेपाली कांग्रेसले १० जना उम्मेदार राष्ट्रय सभाको लागि उठाउने भएको छ ।
सत्ता गठबन्धनका एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन ।
राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्यमा भने गठबन्धनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने निर्णय गरिसकेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ । फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ ।
Categorized in राष्ट्रिय