काठमाडौं । कीर्तिपुरको लायकु डवलीमा शुक्रवारबाट नरदेवी श्वेतकाली (ङतभूलुु अजिमा) १२ बर्षे देवीनाच सुरु हुँदैछ ।
१२ बर्षे देवीनाच समारोह समितिका अुनसार शुक्रवार पुस २० गते बेलुका ५ बजे चिठुुबाट देवीनाच सवारी हुने र करिब राती ८ बजे लायकु दरवार प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
राती करिव ९ बजेदेखि राती एक बजेसम्म पहिलो चरणको देवीनाच प्रदर्शन गर्ने समितिले जनाएको छ ।
त्यसैगरी, पुस २१ गते शनिवार विहान ६ बजेबाट दोस्रो चराणको देवीनाच सुरु भई राती ९ बजे सम्ममा समापन हुनेछ ।
पुस २२ गते आईतवार विहान समापन (क्षमा पुजा) सकिएपछि दिउसो १ बजे फिर्ती भई नाचको सम्पूर्ण कार्यक्रम समाप्त हुने समितिले उल्लेख गरेको छ ।
Categorized in सम्पदा/संस्कृति