काठमाडौं । नेपाल सरकारले भाद्र १ गते लागु हुने गरी ल्याउन लागेको मुलुकी अपराध (संहिता) ऐन २०७४ लगुभएपछि विवाहमा हुने गरेको दाईजोको बखेडा, विवाहमा धोकाधडी (बहुविवाह ), उमेरै नपुगी विवाहर गरे कसुर अनुसार जेल सजायको भागिदार हुनु पर्ने भएको छ ।
भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि भने दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही हुने भएको छ । सो ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख गरिएको छ ।
ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ । यदि यसरी दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ ।
त्यसैगरी ऐनमा विवाह गरिसकेपछि पनि दाइजो निहुँमा दुःख दिनेलाई ऐनमा कडा कारवाहीको व्यवस्था छ । विवाह गरिसकेपछि पनि दाइजो वा सम्पत्ति मागेमा वा त्यसको निहुँमा दुलही वा उसको नातेदारलाई दुःख दिए, ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म कारवाहीको व्यवस्था गरिएको छ ।
सो ऐनमा विवाहमा धोखाधडी, बहुविवाह गरेमा सो विवाह स्वतः रद्द हुने र वहुविवाह गर्ने पुरुष कारवाहीको भागिदार बन्नुपर्ने छ ।
त्यस्तै विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्काे विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ । अन्यथा बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।
त्यसैगरी उमेरनै नपुगी विवाह गरे ३ बर्ष कैद हुने हुनेछ । मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।
Categorized in समाज