काठमाडौं । नेपाल र भारतविच विहिवार भएको संयुक्त बैठकमा चार वटा सहमतिमा हस्ताक्षार भएको छ ।
काठमाडौंको याक एण्ड यती होटलमा भएको सातौं संयुक्त बैठकले सो सम्झौता गरको हो । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको छ।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।
भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन ।
नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने सहमति भएको छ ।
हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमति भएको छ । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ ।
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ ।
त्यसैगरी, दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन ।
भारतीय विदेशमन्त्री जयशंकर आज विहान काठमाडौं आइपुुगेका हुन । भोली शुक्रवार उनको भारत फर्कने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय