७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

कोभिड– १९ को नयाँ सब–भेरियन्ट जेएन.१ को जोखिम नेपालमा पनि 


प्रकाशित: बुधवार, १८ पुस २०८०, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ सब–भेरियन्ट जेएन.१ को जोखिम बढेको जनाएको छ । 


मन्त्रालयले बुधवार एक विज्ञप्ती जारी गरी सो सब भेरियन्टको जोखिम बढेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

 
नेपालमा अहिलेसम्म यो सब–भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको मन्त्रालयले बताएको छ । 


मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रद ान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौं ।’


धेरै भिडभाड हुने स्थानहरु मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न ताथ हातको सरसफाईमा विशेषतः ध्यान समेत मन्त्रालयले सर्वसाधरण सबैमा आग्रह गरेको छ । 


पछिल्लो समय यो सव भेरियन्ट भारतमा बढ्दो रुपमा रहेको देखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika