१० भाद्र २०८३, बुधबार
Header

नेपाली कांग्रेसले मनायो एकता तथा मेलपिलाप दिवस (तस्वीरहरु)


प्रकाशित: सोमवार, १६ पुस २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले बीपी कोइरालाले लिएको मेलमिलापको नीति सन्दर्भमा मेलमिलाप तथा एकता दिवस मनाएको छ । 


सोमवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । 


सो अवसरमा ‘शान्ति र संविधान सहकार्यबाट, समुन्नतिमा गति सहकार्यबाटै’ शिर्षका आयोजित खुला अन्तरक्रियमा विभिन्न राजनीनितिक दलका नेताहरुले आ–आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन । 

 


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वीपीको मेलमिलाप नीतिको बारेमा चर्चा गर्दै सत्ता गठबन्धन प्रति व्यंग प्रहार समेत गरेका थिए । 


त्यसैगरी, प्रधानमन्त्री पुुष्पकमल दाहाल, नेपाल जनमोर्चाका अध्यक्ष चित्रवाहादुर केसी, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकिकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ लगायतले वीपीको मेलमेलिप नीतिबारे चर्चा गरेका थिए । 


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भएपनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका थिए । 

 


सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।


‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । उहाँ राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो,’ देउवाले बीपीका बारेमा भने, ‘उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्चसम्मान र श्रद्धाले सम्झिन्छौँ । अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ ।’

 


उनले दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकतावद्द हुने अभ्यास गर्नुपर्ने भनाई राखेका थिए । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex