१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सिरहामा मोटरसाईकलमा आएका ४ युवाले बन्दुक देखाएर २५ लाख ६० हजार लुटे


प्रकाशित: बिहिबार, २३ साउन २०७५, १६ः४९ बजे
- महानगरखबर

काठमाडौं । सिराहको राजाराम मनि ट्रान्सफरका संचालक राजाराम शाहबाट मोटरसाईकलमा आएका चार युवाले विहिबार मध्यान्ह २५ लाख ६० हजार रकम लुटेको प्रहरीले जनाएको छ ।

 
सिरहा कल्याणपुर नगरपालिका ११ मा सञ्चालित राजाराम सव मनि ट्रान्सफरका सञ्चालक राजाराम साहले ग्लोबल आईएमईबाट ल्याएको उक्त रकम मिर्चैया–कल्याणपुर सडक खण्ड अन्तर्गत तिनगछियामा लुटेराहरुले लुटेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहले बताएका छन् । 


सवा १२ बजेतिर २ वटा मोटरसाइकलमा आएका ४ जना युवाको समूहले साहलाई घेरेर पेस्तोल देखाउँदै नगद लुटिएको हो । 


डेढ महिनाअघि गत असार ११ गतेपनि सोही स्थानबाट कल्याणपुरका शिवम मनि ट्रान्सफरका कर्मचारी धनवीर यादवबाट ११ लाख ३९ हजार रुपैयाँ लुटिएको थियो । यस घट्ना पनि विहिबारको लुटको घट्नासँगै ठयाक्कै मिल्न गएको प्रहरीले जनाएको छ । 


प्रहरीले यस अघिका लुटेराहरुलाई समात्न नसकिरहेको बेला फेरि यो घट्ना घटेपछि स्थानीय, व्यवासायीहरु आतंकित बनेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex