काठमाडौं । राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ ।
बुधवार शाहको नाम नेपाली कांग्रेस बागमती प्रदेश समितिमा पेश भएको हो । शाहले उम्मेदवारी दिने अन्तिम दिन आफ्नो नाम टिपाएका हुन ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।
Categorized in मनोरन्जन