काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार दिउँसो राष्ट्रको नाममा संम्बोधन गरेका छन ।
प्रधानमन्त्री दाहालले आफ्नो एक बर्ष कार्यकाल पुरा भएको अवसरमा सो सम्बोधन आएको हो । उनले सम्बोधनमा अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन ।
आफूले एक बर्ष भित्र गरेको विकासका कामहरुको चर्चा गरेका छन । उनले यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको जानकारी दिए ।
यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको बताए ।
थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको सुनाए ।
सम्बोधनको पूर्ण पाठ
Categorized in राष्ट्रिय