५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

काठमाडौंमा भव्य रुपमा मनाइयो २० औं राष्ट्रिय ज्यापु दिवस (तस्वीरहरु)


प्रकाशित: मंगलवार, १० पुस २०८०, १८ः३५ बजे
- अजयकुमार खड्गी

काठमाडौं । नेवाः समुदायभित्र रहेका ज्यापु समुदायले भव्य रुपमा २० औं राष्ट्रिय ज्यापु दिवस मनाएको छ । 


मंगलवार प्रधानमन्त्री पुुष्पकमल दाहालको प्रमुख आतिथ्यमा काठमाडौंको बसन्तपुरमा विभिन्न कार्यक्रममा साथ दिवस मनाएको हो । 


सो अवसरमा प्रधानमन्त्री दाहाललाई नेवाः संस्कृति, चलन, परम्पारसहित राज्यले मान्यता दिँदै नेपाल संवत् राज्यको दस्तावेजमा उल्लेख गर्ने निर्णय गरेकोमा सम्मान गरेको छ । 

 


प्रधानमन्त्री दाहालले सम्मान ग्रहण पछि ज्यापु दिवसमा आफूलाई सम्मान गरेकोमा धन्यावाद दिएका थिए । उनले आगामी दिनमा सरकारले यस समुदायको परम्परा, संस्कृतिको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 


ज्यापु संस्कृति विकास कोषले हरेक बर्ष यःमरि पुन्हिका दिन ज्यापु दिवस मनाउँदै आएको छ । 


दिवसमा विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । 

 


त्यंगःत्वाःखल संयोजन गरेको यस कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाल कांग्रेसका नेता प्रकाशमान सिंह, सांसद विराजभक्त श्रेष्ठ, नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्रचार्य, काठमाडौं महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर शाक्य लगायतको उपस्थिती रहको थियो । 


यस अवसरमा सांस्कृतिक ¥यालीहरुको समेत आयोजना गरिएको थियो । नरदेवी (त्यंगबाट) रयाली सुरू भई क्षत्रपाटी, असन, इन्द्रचोक, भिमसेनथान हुँदै बसन्तपुरमा सभामा परिणत भएको थियो । 


हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले यःमरि पुन्हि मनाउने गर्छन । 

 


नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको रित र परम्परा नै ज्यापु संस्कृति हो । 


यःमरी पुन्हीका दिन गृहणीहरुले चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा आदि राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गर्दछन ।


आजको दिन धान, गणेश, कूलदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा आदि परिकार बनाएर चढाउने परम्परा छ ।

 


काठमाडौंको भिन्न चोकहरु इन्द्रचोक, तेलेजु, मखन, भिमसेनथान लगायतका स्थानमा यःमरि स्टलहरु राखि विक्री पनि गरिरेको देखिन्छ । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika