काठमाडौँ । सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा गरिएको सो प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले हरायो ।
च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले ४–४ गोल गरेका थिए । काठमाडौँका अभिनव जोशीले पनि फाइनलमा चार गोल गरेका थिए ।
६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह बीमा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका थिए ।
समूह एबाट नेवाः कलाकार विजेता र आयोजक एनएफएनजे उपवजिेता बनेर सेमिफाइनल पुगेका थिए ।
यसैगरी चितवन समूह बीको विजेता र काठमाडौँ उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेका थिए ।
उद्घाटन खेलमा कलाकारको टिमल आयोजकलाई १–० ले हराएर विजयी सुरुआत गरेको थियो ।
कलाकारको टिमले समूह चरणमा एनएफएनजे ललितपुरलाई पनि ४–० ले हरायो । आयोजक एनएफएनजे भने आफ्नो दोस्रो खेलमा ललितपुरलाई २–१ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
समूह बीमा चितवनले काठमाडौँलाई ६–२ र फोनिजलाई ७–१ ले पराजित गरेको थियो । काठमाडौँ आप्mनो दोस्रो खेलमा फा्निजलाई ५–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनलमा ६–२ र दोस्रो सेमिफाइनलमा चितवनले एनएफएनजेलाई ५–१ ले हराएर उपाधि भिडन्तमा स्थान बनाएका हुन ।
सो प्रतियोगिताको समूह चरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबिच मैत्री खेल भएको थियो । जसमा नेवाः महिला पत्रकार २–१ ले विजेता बनेको थियो ।
प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र एनएफएनज ललितपुरको पनि सहभागिता रहेको थियो ।
सो प्रतियोगिताको उद्घाटन ललितपुरमहानगरपलिका वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गरेका थिए ।
फुुटसल ललितपुरको आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ ।
Categorized in मनोरन्जन