कैलाली । अज्ञात समुहले कैलालीको लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
आज ( बिहीबार ) विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट गराएपछि स्थानीय वासी त्रसित देखिएको छ । ठुलो आवजमा विस्फोट भएपछि स्थानीहरु आत्तिएको छ ।
विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै मानवीय क्षती भने हुन पाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले सञ्चारमाध्यलाई जानकारी दिएका छन् ।
बम विस्फोटन गराउने समुहले चन्दा लागायत आर्थिक सहयोकको लागि फोना या धम्की केही नआउको संचालक यज्ञबहादुर वलीले प्रहरीलाई बताएका छन् ।
Categorized in समाज