२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

धारामा पानी नआउने उपभोक्ताको बिल मिनाह गर्न प्रम दाहालको निर्देशन 


प्रकाशित: आइतवार, ८ पुस २०८०, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धारामा पानी नआउने उपभोक्ताहरुको बिल मिनाह गर्न निर्देशन दिएका छन ।

 
आइतवार सिंहदवारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफलमा प्रम दाहालले सो निर्देशन दिएका हुन । 


‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो? यसबाट उपभोक्ताहरू दिक्दार छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनावद्ध रूपमा काम गर्नुस् ।


प्रधानमन्त्री दाहाल प्रचण्डले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएको गुनासो आपूm कहाँ आएकोले यी समस्या समाधान गर्न पनि निर्देशन दिएका छन । 
काठमाडौं उपत्यकामा अहिले दैनिक २५ करोड लिटर खानेपानी माग रहेको छ । 


अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि प्रधानमन्त्री दाहालले बताए । 


उनले बैठकमा सुन्दरीजलको पानि काठमाडौंमा ल्याउन द्रुत गतिमा काम भईरहेको पनि बताए । 


प्रम दाहालले भने, ‘एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ। यसैअनुरूप खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमले विशेष चासो दिएर काम गर्नुहोला ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex