काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना ५ वटा जाहाज लिलामीमा राखेको छ ।
विहिवार एक टेण्डर सुचना प्रकाशित गरी एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको हो ।
एयरलाइन्सले चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको जनाएको छ ।
बढी मूल्य जसले कबुल गर्छ, उसैले जहाज पाउने एयरलाइन्सले जनाएको छ । गोप्य सिलबन्दी टेन्डर आह्वान गरे अनुसार निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात आगामी २१ माघसम्म छ ।
निगमसँग कुल ६ वटा जहाज मध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो ।
निगमले बेच्न लागेको जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।
आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन ।
साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।
Categorized in राष्ट्रिय