५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा निषेधित क्षेत्र दुई महिना थपियो


प्रकाशित: बुधवार, ४ पुस २०८०, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधित क्षेत्रको अवधि २ महिना थप गरेको छ । 


बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गरी निषेधित क्षेत्रको समय लम्बाएको हो । 


जारी आदेशमा पुस ४ देखि थप २ महिना सम्मको लागि तोकिएको निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शनी गर्न नपाईने जनाएको छ ।

 
काठमाडौं प्रशासनले मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो । 


यस अघि मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रममा हुन सक्ने संभावित झडपलाई ध्यानमा राखेर प्रशानसले उक्त क्षेत्रहरुलाई निषेधित क्षेत्र घोषणा गरेका थिए । 


आदेश हेरौं 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex