काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम भईरहेकोले काठमाडौंका केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भए अनुासर बुधवार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्कमा आफूर्ती बन्द हुने छ ।
त्यसैगरी, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
Categorized in प्रबिधि