१६ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतमा फेरि ४९ सांसद निलम्बन, निलम्बित हुने १२७ पुगे


प्रकाशित: मंगलवार, ३ पुस २०८०, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतमा मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ ।


संसद् बैठकमा अवरोध गरेको भन्दै लोकसभा अध्यक्ष ओम बिरलाले नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई निलम्बन गरेका छन ।


सोमबार एकैदिन लोकसभाका ३३ र राज्यसभाका ४५ गरी ७८ विपक्षी सांसद निलम्बनमा परेका थिए ।

 
गत बुधबार दुई जना युवाहरू दर्शकदिर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेपछि घटना भएको अर्को दिनदेखि नै विपक्षी सांसदहरूले सरकारलाई घेर्दै संसद्मा विरोध प्रदर्शन थालेका थिए । त्यसदिन नै लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो । 


पछिल्लो समय उक्त निलम्बनलाई खारेज गरिनुपर्ने मागसमेत थपेर विपक्षी सांसदहरूले संसद्मा नाराबाजी गरिरहेका बेला ठूलो संख्यामा थप सांसद निलम्बनमा परेका हुन ।


उनीहरूले पहलो रंगको धुँवा संसद्मा फैलाएका थिए । संसद् भवनमा आतंकवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर केही युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका थिए । 


यस अघि सन १९८९ मा तत्कालीन राजीव गान्धी नेतृत्वको सरकारमा एकैपटक ६३ विपक्षी सांसद निलम्बनमा परेका थिए ।


त्यतिबेला इन्दिरा गान्धीको हत्याको अनुसन्धानका लागि गठित न्यायाधीश ठक्कर आयोगको रिपोर्ट पेश गर्न भन्दै विपक्षी सांसदहरूले संसद्मा अवरोध गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex