९ भाद्र २०८३, मंगलबार
Header

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात


प्रकाशित: विहिवार, २८ मंसिर २०८०, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ । 


बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको भिडियो सार्वजनिक भएको छ । 


ओलीलाई स्वागत गर्ने क्रममा एक व्यक्ति ओलीतर्फ अघि बढेर मुक्का प्रहार गरेको देखिएको छ । 


अध्यक्ष ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओलीमाथि हातपात गर्ने व्यक्ति महेश राई भएको बुझिाएको छ । 


धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ ।


ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex