काठमाडौ । स्वास्थ्य चौकीको बर्थिङ सेन्टमार बच्चा जन्माउनेलाई मोरङको कानेपोखरी गाउपालिकाले भत्ता दिने भएको छ ।
गाउँपालिकाले बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले सो सुविधा दिने भएको हो ।
गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोका अनुसार आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको छ । यो सुविधा सबै नेपाली नागरिकलाई दिइने भएाको ।
स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु २ हजार भाडा समेत दिइने व्यवस्था गाउँपालिकाले गरेको जनाएको छ ।
त्यसैगरी नियमित चेक गर्नेलाई स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८०० प्रदान गर्ने गरेको छ । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ ।
Categorized in स्वास्थ्य