९ भाद्र २०८३, मंगलबार
Header

एनसेल खरिद–बिक्री प्रकरण छानविन सुरु


प्रकाशित: आइतवार, २४ मंसिर २०८०, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारले गठन गरेको एनसेल प्रकरण छानविन गठित समितिले काम सुरु गरेको छ । 


एनसेल सेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु भएको समितिले आईतवार एक सुचना जारी गरी जनाएको हो । 


दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि सरकारले टंकमणि शर्मा संयोजक रहेको समितिले काम सुरु गरको हो । 


३० दिनको कार्यादेश प्राप्त गरेको समितिले छानबिनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । 


समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकता अनुसार छलफल गरी राय सुझाव लिने उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex