काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुनसहित केही विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । प्रहरीका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो ।
गएराति ११ः५१ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए ।
यस अघि विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ परेका थिए ।
Categorized in राष्ट्रिय