काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले आज ( बिहिबार ) बाट नेपाली सेनाको कामाण्डको नेतृत्व लिएका छन् ।
पदावदी सकिनु भन्दा एक महिना विदा बस्ने परम्परा अनुसार राजेन्द्र क्षेत्री विदामा बस्न गएपछि सेनाको कमाण्ड थापाले सम्माहाल्ने भएको हो ।
आज नेपाली सेनको मुख्यालय जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले बलाधिकृतरथी थापालाई नेपाली सेना हस्तान्तरण गर्नेछ ।
बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३ औँ प्रधानसेनापतिको पूर्ण कमाण्ड लिने छ ।
वि.सं. ०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।
Categorized in राष्ट्रिय