१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आइतवार सुनको मूल्य उच्च, फेरि बनायो नयाँ रेकर्ड


प्रकाशित: आइतवार, १७ मंसिर २०८०, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । आइतवार सुनको मूल्यमा फेरि बृद्धि भएको छ । आज  प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेपछि मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

 
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार यस अघि शुक्रबार तोलामा तीन सय रूपैयाँ घटेको थियो । उक्त दिन सुनको मूल्य छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो । 


आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १ हजार पाँच सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex