७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

निषेधित क्षेत्र घोषणा विरुद्ध कारण देखाउ आदेश माग


प्रकाशित: शनिवार, ९ मंसिर २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च आदालतले माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय विरुद्ध कारण देखाउ आदेश मागेको छ । 


जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरूद्ध अधिवक्ता स्वागत नेपालले पेश गरेको रिटमा शुक्रबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले अधिवक्ता नेपालले माग गरेको आदेश किन जारी नगर्ने भन्ने प्रश्नको लिखितरूपमा जवाफ दिन जिल्ला प्रशासनलाई भनेको हो ।

 
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) पक्षको युवा संघले मंसिर ७ गते एकैदिन पारेर माइतीघर केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेपटि प्रशासनले संभावित झडपलाई ध्यानमा राखेर उक्त क्षेत्र निषेधित घोषणा गरेको छ । 


प्रशासनले गत सोमबार माइतीघर देखि नयाँ बानेश्वरसम्मलाई प्रदर्शन गर्न र पाँच जना भन्दा बढी भेला हुन नदिने गरी निषेधित क्षेत्र तोकेको थियो। त्यस्तै मंगलबार नै राष्ट्रपति निवास, प्रधानमन्त्री निवास लगायत भिभिआइपी क्षेत्रमा पनि प्रशासनले एक महिनाको लागि निषेधित क्षेत्र तोकेको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex