७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बल्खुमा दुुर्गा प्रसाईं समर्थक र प्रहरी विच झडप


प्रकाशित: विहिवार, ७ मंसिर २०८०, १५ः२० बजे
- महानगरखबर

काठमाडौं । बल्खुमा दुुर्गा प्रसाईंको आव्हानमा आयोजित सभामा आएकाहरुले प्रहरीको घेरा तोड्न खोजेपछि भिडन्त भएको छ । 


कार्यक्रम स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाईं पक्षधरलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । 


प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगा हानेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा हानेको छ । 


उनीहरु बल्खु चोकबाट कालिमाडी तर्फ भिड जान खोजेपछि प्रहरी भिडलाई तितरबितर पार्न अश्रु ग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । 


अहिले स्थिती प्रहरी नियन्त्रणमा रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex