१० भाद्र २०८३, बुधबार
Header

राष्ट्रियसभा निर्वाचनका मतदाताहरूको मतभार बढ्यो


प्रकाशित: बुधवार, ६ मंसिर २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।


आयोगको बुधवार बसेको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३  र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको जनाएको छ ।


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलका अनुसार यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।


२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।


राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex