४ भाद्र २०८३, बिहिबार
Header

ललितपुुरमा ६ महिनासम्म यी क्षेत्र निषेधित, सभा, जुलुस गर्न नपाईने


प्रकाशित: मंगलवार, ५ मंसिर २०८०, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस वरपर निषेधित क्षेत्र तोकेको छ । 


प्रशासनले सुरक्षा संवेदनशीलताका लागि भन्दै सो क्षेत्रमा मंगलवारदेखि आगामी ६ महिनासम्मको लागि कुनै प्रकारको सभा, जुलुस वा प्रदर्शनी गर्न नपाइने भएको छ । 


मंगलवार प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा भनिएको छ,‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’


यस अघि सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको छ । 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex