७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा ३० दिनसम्म माइतीघर मण्डला लगायत यी क्षेत्रमा प्रदर्शन निषेधित


प्रकाशित: सोमवार, ४ मंसिर २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको माईतीघर मण्डलादेखि बानेश्वर चोक सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । 


जिल्ला प्रशासन कार्यालय काठमाडौंको सोमवार बसेको बैठकले ३० दिनसम्मको लागि पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो । 


सोमबारदेखि ३० दिनसम्मका यी क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन लगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो । 


मंसिर ७ गते हुन लागेको व्यवसायी दुुर्गा प्रसाईं पक्ष र नेकपा एमाले निकट युवा संघको माईतीघर मण्डलामा हुने लागेको प्रदर्शनलाई लक्षित गरी सो निषेधाज्ञा गरिएको हो । 


एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो ।  


‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।  


प्रदर्शनको मिति तोकिए देखिनै दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतबीच पछिल्लो समय आरोप प्रत्यारोप हुँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex