४ भाद्र २०८३, बिहिबार
Header

कामपा २७ वडा भित्रका पसल, होटलको बोर्डमा रन्जना लिपी लेख्न आग्रह


प्रकाशित: आइतवार, ३ कातिक २०८०, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपालिका वडा २७ ले व्यवसायीहरुलाई व्यवसायिक पहिचान वोर्डहरुमा नेपाल भाषाको रन्जना लिपी प्रयोग गर्न आग्रह गरेको छ । 


वडा २७ भित्र संचालनमा रहेका व्यवसाय, होटल, पसल, कारखानाको बोर्डमा रञ्जना लिपिलाई पनि समावेश गर्न आग्रह गरेको हो । 


‘वागमती प्रदेश सरकारले हामी सबैको लिपि नेपाल भाषा रञ्जना लिपिलाई कामकाजी भाषाको मान्यता दिई सकेको हुँदा हाम्रो पहिचानको संरक्षण गर्न आफ्नो व्यवसाय, होटल, पसल, कारखानाको बोर्डमा रञ्जना लिपिलाई पनि समावेश गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ वडा २७ ले जारी गरेको सुचनामा उल्लेख छ ।


कामपा २७ वडा अध्यक्ष योगेश कुमार खड्गीले आफूले वडाभित्रका चोक, बहाः, गल्लीहरुको नाम नेपाल भाषाको रन्जाना लिपीमा लेख्न सुरु गरेको बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex