२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सर्पले टोकेको किशोरीको झारफुक गर्दागर्दै मृत्यु


प्रकाशित: मंगलबार, २२ साउन २०७५, १६ः०५ बजे
- महानगरखबर

काठमाडौं । धामीझाक्रीको अन्धविश्वासमा पर्दा सर्पले टोकेको एक किशोरीको सुर्खेतमा मृत्यु भएको छ । 


सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डसेपछि झारफुक गर्ने क्रममा मृत्यु भएको हो । 


जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएकी हरिकलालाई बिहान ५ बजेतिर सर्पले डसेका पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । 


उपचार गर्नुको सट्टा झारफुकमै लागेपछि उनको ८ बजे मृत्यु भएको हो । बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika