५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

नेपाल संवत् ११४४ लाई यसरी गरियो स्वागत (तस्वीरहरु)


प्रकाशित: मंगलवार, २८ कातिक २०८०, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल संवत् राष्ट्रिय संवतको नारा दिँदै आज नेपाल संवत् ११४४,न्हुँद को शुभारम्भ भएको छ ।


मंगलवार कातिक २८ गते नेपाल संवत ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

 

 
काठमाडौंको बसन्तपुरमा भिविन्नि सांस्कृतिक ¥याली, बाजागाजा सहित न्हुँद्या भिन्तुना मनाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट ¥यालीसहित बसन्तपुरमा जम्मा भएको थियो । 


नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समिति ११४४ ले बसन्तुरमा आयोजित भिन्तुना सभामा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथि रहेका थिए । 

 


सो अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्य, नेवाः देय् दबू अध्यक्ष पवित्र बज्रचार्य, बागमति प्रदेश सभा सदस्य हरिप्रभा खड्गी, शैलेन्द्रमान बज्राचार्य लगायतको विशेष उपस्थिति रहेको थियो । 


त्यसैगरी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोलको पनि सहभागिता रहेको थियो । 

 


विशेष गरी नेवाः समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका यस पर्वलाई राष्ट्रिय विभूति शङ्खधर साख्वाले बि.सं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका हुन ।


विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । 

 


नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika