७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अब सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने


प्रकाशित: सोमवार, २७ कातिक २०८०, २२ः१० बजे
- महानगरखबर

काठमाडौं । सरकारले नेपाल संवत् पनि सरकारी कागजताहरुमा उल्लेख गर्ने निर्णय गरेको छ । 


सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कातिक २८ गते नेपाल संवत् ११४४ नेपाल सरकारको डकुुमेन्टमा (कागजात)मा उल्लेख गर्ने निर्णय भएको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । 


राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।  त्यसैले यसलाई नेपालको मौलिक संवतको रुपमा लिइन्छ ।


२००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।


नेपाल संवतको नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।


नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालमा सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।


विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex