काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुुगेका छन ।
पार्टी कार्यालय निर्देशन अनुसार उनीहरु दुवै यतिखेर श्रमदान गरेर भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणमा व्यस्त देखिएका छन ।
नेताहरूले जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ चिउरीमा टहरा निर्माणमा श्रमदान गरेका छन ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले भूकम्पको केन्द्र जाजरकोटलगायत क्षेत्रको स्थलगत अवलोकनसहित विभिन्न काम गर्न महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।
गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्र बनाएर आएको भूकम्पले जाजकारकोट र पश्चिम रुकममा ठुलो जनधनको क्षति हुन पुुगेको छ ।
Categorized in राष्ट्रिय