२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

खानी विभागले १ अर्ब राजस्व संकलन गरयो, १४ कम्पनीलाई खानी उत्खनन प्रमाणपत्र


प्रकाशित: मंगलबार, २२ साउन २०७५, १०ः०२ बजे
- महानगरखबर

काठमाडौँ । खानी विभागले आर्थिब बर्ष २०७५÷०७६ मा खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत एक अर्ब १३ करोड ९३ लाख राजस्व संकलन गरेको छ ।

 
विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४÷७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको जनाएको छ । 


विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन प्रमाणपत्र नवीकरण प्रदान गरेको छ ।

 
विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ । 
नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex