काठमाडौं । काठमाडौको विशालनगरमा रहेको एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि हाल घटनास्थलमा काठमाडौं महानगरबाट ३ वटा दमकल पुगेको छ भने आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली पनि खटिएको छ ।
आगलागीको कारण बारे अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।
Categorized in समाज