काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि ७१ जना प्रधानाध्यापक माग गरेको छ ।
महानगरले शुक्रवार एक सुचना जारी गर्दै आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि ६ जना, कक्षा १ देखि ८ सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना माग गरेको हो ।
प्रधानाध्यापकको लागि योग्यताको हकमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुुनु पर्ने ।
छनौट चरणका लागि समावेश हुन माध्यमिक तहका लागि २ हजार शुल्क, आधारभूत तह (कक्षा १–८) सम्मका लागि एक हजार ५ सय र आधारभूत तह (१–५) सम्मका लागि एक हजार लाग्ने जनाएको छ ।
आगामी मंसिर १ गते सम्म आवेदनको लागि अन्तिम समय तोकिएका छ भने विद्यालय विकास प्रस्ताव पेस गर्ने मंसिर ८ गते रहेको छ ।
Categorized in स्थानिय