४ भाद्र २०८३, बिहिबार
Header

शनिवार सिंहदरवार असापासका क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने


प्रकाशित: शुक्रवार, १७ कातिक २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युुत प्राधिकरणले शनिवार विहान सिंहदारवार र आसपासका क्षेत्रमा ४ घण्टा विद्युत आपुर्ति बन्द हुने जनाएको छ ।


शुक्रवार एक सुचना जरी गर्दै प्राधिकरणले स्युचाटारदेखि सिंहदरबार सम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने बताएको हो । 


शनिबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो । 


यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex