काठमाडौँ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणको क्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशमा रहेका नेपालीले प्राप्त गरेको श्रम, शिप र लगानी भित्र्याउने बताएका छन् ।
उनले नेपालीहरुको सँगको भेटघाटमा सो कुरा बताएका हुन ।
साउन १५ गते जापानका फुकुओकाका मेयर ताकासिमाको विशेष निमन्त्रणामा जापान गएका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी भएका थिए ।
सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो । शहरमा हुनुपर्ने न्यूनतम आधार, विकासका सूचकलगायत विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सममेलन महत्वपूर्ण भएको मेयर शाक्यले जानकारी दिए ।
Categorized in समाज