२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्राईवेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेः बालेन


प्रकाशित: बुधवार, १५ कातिक २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (वालेन)ले एक प्राइवेट कम्पनीका पैसा खाएर बसेको बैठक वहिष्कार गरेको बताएका छन । 


बुधवार महानगर प्रमुख बालनले भने, ‘१७ वटा नगरपालिकाले कुनै प्राईवेट कम्पनी बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।’


सन्दर्भ मंगलवार बुढानिलकण्ठमा काठमाडौं उपत्यकाका मेयरहरुको फोरम बैठक वहिष्कारको विषयमा आएको समाचारहरुप्रति बालेनको यो प्रतिक्रिया हो । 


बैठकको अध्यक्षता गरिरहेको फोरम अध्यक्ष ललितपुुर महानगर प्रमुख चिरिबाबु महर्जनलाई बालेनले पहिले आफूलाई बोल्न दिने अडान राखेपछि महर्जनले सबैले पालै पालो बोल्न भनेपछि बालनेले बैठक बहिष्कार गेरर हिडेका थिए । 


बैठकमा नेपवेष्ट नामको कम्पनीलाई उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न दिने भन्ने विषयमा छलफल भएको थियो । तर, नेपवेष्टलाई फोहोर व्यवस्थापन गर्न नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकामा फेरि त्यस विषयलाई किन एजेन्डामा राखिएको भन्दै प्रश्न गर्न खोज्दा नदिएकाले बालेन उठेर हिँडेको उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहको भनाई छ । 


प्रमुख बालेनले देशका नेताहरु प्रति रोष प्रकट गरेका छन । उनले नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन भनी आफ्नो फेसबुुकमा लेखेका छन । 
‘तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि, काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।’ उनले भने ।

 

तस्वीरः काठमाडौं महानगरपालिका

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex