१० भाद्र २०८३, बुधबार
Header

नेपालको हिमनदीहरु गुमेकोमा महासचिव गुटेरेसको चिन्ता


प्रकाशित: मंगलवार, १४ कातिक २०८०, २०ः२४ बजे
- महानगरखबर

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको प्रति चिन्ता व्यक्त गरेका छन । 


मंगलवार महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख गरेका हुन ।


‘प्रभाव विनाशकारी छ, पानीले भरिएका ताल फुट्दैछन, नदी र समुद्रको पानी बढ्दै छ, संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन, । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ, महासचिव गुटेरेसले भने ।’


हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको बताउँदै भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुने उल्लेख गरे ।  


जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा डरलाग्दो अन्याय भइरहेको उनले बताए । 


जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ उनीहरुको साथमा रहेको प्रतिवद्धता व्यक्त गरे । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex