काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटरको भाउ घटाएको छ ।
बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमले जनाएको छ ।
निगमले मंगलवार एक विज्ञप्ती जारी डिजेल र मट्टितेलको भाउ लिटरमा ४ रुपैयाँ घट्एको बताएको हो ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो ।
Categorized in बजार