काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएको छ ।
मंगलवार अपरान्ह ४ बजे बस्कने संसदको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेकाले सबै सांसदहरूलाई अनिवार्य रुपमा औपचारिक पोसाक लगाएर उपस्थित हुन भनिएको छ ।
महासचिव गुटेरेसको सम्बोधनपछि उनलाई संसदले धन्यवाद ज्ञापन कार्यक्रम समेत रहेको छ ।
उनी शनिवार राती ४ दिने औपचारिक भम्रणका लागि नेपाल आएका थिए ।
Categorized in राष्ट्रिय