९ भाद्र २०८३, मंगलबार
Header

एमालेको बागमतिमा एक लाख बढि पार्टी सदस्य, देशभर ५ लाख


प्रकाशित: शुक्रवार, ३ कातिक २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाललेको बागमती प्रदेशमा १ लाख ९ हजार ३३८ सदस्य रहेको संगठन विभागले जनाएको छ । 


विभागका अनुसार देशभर ५ लाख पार्टी सदस्य रहेको बताएको छ । बागमित प्रदेश, लुम्बिनीमा ८२ हजार ८९५, कोशीमा ९५ हजार १३९, कर्णालीमा ५१ हजार ७५० रहेको छ । 


त्यसैगरी, गण्डकीमा ६३ हजार ५४७ पार्टी सदस्य, सुदूरपश्चिममा ५३ हजार ५०० र मधेस प्रदेशमा ६३ हजार २०० पार्टी सदस्य रहेका छन । 


विभागको असोज ३० गते बसेको बैठकले साढे पाँच लाख पार्टी सदस्यता प्रमाणीकरण गरेको र केही प्रमाणीकरण हुने क्रममा रहेको बताएको हो । 


एमाले साउनदेखि रोकिएको पार्टी सदस्यता स्थानान्तरण पनि खुला गरेको छ । प्रदेश अधिवेशनका लागि उसले एउटा भूगोलमा रहेको पार्टी सदस्य अर्को भूगोल, गैरभूगोलमा लैजान निषेध गरेको थियो ।


वडा कमिटी अधिवेशनका लागि फागुन र चैत महिनामा पार्टी सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex